Breaking News Post

कांग्रेस महाधिवेशन : बन्दसत्र सुरु, चार प्रतिवेदन पास गरिने


२१ आश्विन २०८३, बुधबार ००:००


२१ असोज, काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन अन्तर्गत बन्दसत्र सुरु भएको छ ।

बन्दसत्रमा सभापति, उपसभापति, महामन्त्री र कोषाध्यक्षका चार प्रतिवेदन पास गर्ने छ ।

त्यसपछि नयाँ नेतृत्व चयनका लागि मतदानको काम बाँकी रहने छ ।

निर्वाचन कार्यतालिका अनुसार असोज २२ गते बिहान ७ बजेदेखि मतदान सुरु गर्ने तयारी छ ।

यो महाधिवेशनबाट सभापति १, वरिष्ठ उपसभापति एक सहित चार उपसभापति, महामन्त्री ३, सहमहामन्त्री १५, कोषाध्यक्ष १ गरी २४ जना पदाधिकारी चयन हुँदैछन् ।

यस्तै, सहमहामन्त्रीमा चार जना र कोषाध्यक्ष एक जना सभापतिले मनोनीत गर्ने व्यवस्था छ । त्यस अनुसार निर्वाचित हुने पदाधिकारी संख्या १९ जनाको हुनेछ ।

प्रकाशित : २१ आश्विन २०८३, बुधबार ००:००