काठमाडौ,किरात खालिङ राई उत्थान संघ अमेरिका साखाले १ नम्बर प्रदेशको नाम ( कोशि ) खारेज गरि सास्कृतिक र सभ्यताको आधारमा किरात प्रदेश नामाकरण गर भन्दै बिज्ञाप्ती निकालेको छ ।
चुनावको बेला १ नम्बर प्रदेशका जनताहरुसंग पाटिका नेताहरुले गरेका बाचाहरुलाई लत्याउदै जनभावना बिपरित निर्णय गरेको बिज्ञाप्तीमा उल्लेख गरिएको छ । २०७९ साल फाल्गुन १७ गतेको दिन १ न प्रदेशको नाम कोशी प्रदेश नामाकरण गरेको थियो ।
कोशी प्रदेश नामाकरण गरेकै कारण पहिचानवादीहरु अहिले सम्म आन्दोलित छन । सरोकारवालाहरुलाई बेवास्ता गर्दै प्रदेशको नाम घोषण गरेको भन्दै किरात खालिङ उत्थान संघ (अमेरिका साखाले) घोर आपत्ति भत्सर्ना संगै पहिचानवादी आन्दोलनलाई समर्थन गरेको छ ।
प्रदेशको नाम कोशी राखेसँगै सोही दिनबाट सुरु भएको आन्दोलन अझै रोकिएको छैन । कोशी प्रदेश प्रहरी कार्यालयले उपलब्ध गराएको तथ्याङ्क अनुसार हालसम्म आन्दोलनकारीले ३० वटा पालिकामा तालाबन्दी गरेका छन् भने १६२ वटा वडा कार्यालय बन्द गराएका छन् । ८ पटक चक्काजाम गरेका उनीहरूले २२ वटा कोणसभा, २० वटा भेला, १३ वटा नारा जुलुस, १८ वटा राँके जुलुस, २० वटा र्याली, १६ पटक कालोझण्डा प्रदर्शन, ८ वटा विरोधसभा र अन्य ९ वटा विभिन्न गतिविधि गरेका छन् ।
त्यसक्रममा ८ जना आन्दोलनकारी पक्राउ परेका छन् भने उनीहरूलाई रिहा गरिसकिएको प्रहरीले जनाएको छ । यस्तै आन्दोलनका क्रममा पदम लिम्बू लाजेहाङको मृत्यु भएको छ । विभिन्न आन्दोलनका क्रममा आन्दोलनकारी १५ जना घाइते भएका छन् भने ४४ जना प्रहरी घाइते भएको तथ्याङ्क छ ।
त्यसमध्ये पदम लिम्बूको शवयात्राका क्रममा झडप हुँदा विराटनगर वैशाख ९ गते तनावग्रस्त बन्यो । शान्तिपूर्ण शवयात्रा गर्ने भनिएको कार्यक्रममा आन्दोलनकारी सुरुवातदेखि नै उग्र बनेर आएको प्रहरीको दाबी छ । उता, आन्दोलनकारीले भने प्रहरीले आफूहरूले तय गरेको शवयात्रालाई रोक्न खोजेपछि झडप भएको बताएको छ ।
प्रदेश १ पुनः नामकरण संयुक्त संघर्ष समितिका संयोजक डकेन्द्रसिंह थेगिम आन्दोलन अझै उग्र बन्न सक्ने बताउँछन् । ‘अब सबै जनप्रतिनिधिलाई हामी बहिष्कार गर्छौं । उनीहरुमाथि व्यक्तिगत कारबाही हुनसक्छ । त्यसो भयो भने सबै जनप्रतिनिधिको घरघरमा प्रहरी सुरक्षाकर्मी राख्न सक्छ राज्यले ?,’ उनले भने, ‘आगामी दिनमा हुनसक्ने ठूलो क्षतिलाई रोक्नका लागि वार्ता, संवाद र छलफलको वातावरण बनाउनु पर्छ कि पर्दैन ?’
पहिचानवादीहरूले विराटनगरमा चैत ५ गते वृहत प्रदर्शन गरेका थिए । त्यही आन्दोलनमा सहभागी बेलबारीका पदम लिम्बू लाजेहाङ प्रहरीसँगको झडपमा परी घाइते भएका थिए । उनको टाउकोमा चोट लागेको थियो । त्यही चोटका कारण चैत ८ गते एक्कासि बिरामी भएपछि अस्पताल भर्ना भएका उनको चैत १० गते मृत्यु भएको थियो । त्यसपछि पहिचानको आन्दोलन गर्नेहरू झनै आक्रोशित बनिरहेका छन् ।
सरकारले चैत २४ गते पदम लिम्बूलाई सहिद घोषणा गरेको छ । चैत १० गते मृत्युवरण गरेका उनको शव एक महिनापछि वैशाख ९ मा अन्त्येष्टि गरिएको छ । पहिचानवादीले प्रदेशको नाम बहुपहिचानको आधारमा राख्नुपर्ने बताउँदै आएका छन् । सरकारले वार्ता र संवाद गर्नै नचाहने र आन्दोलनकारीहरू उग्र बन्दै जाने परिस्थितिले कोशी प्रदेशमा थप तनाव हुने देखिएको कतिपय बताउँछन् ।











प्रतिक्रिया