ताजा घटना

गोदावरीको डढेलो निभाउन स्थानीय र सरकारी प्रतिनिधिहरू परिचालित


११ माघ २०८१, शुक्रबार ००:००


काठमाडौँ, ललितपुरको गोदावरी क्षेत्रमा लागेको डढेलो निभाउन स्थानीय र सरकारी निकायका प्रतिनिधिहरू परिचालित भएका छन् । हिजो साँझदेखि सुरु भएको डढेलो निभाउनका लागि शुक्रवार बिहान नेपाल आर्मीसहित सशस्त्र प्रहरी र स्थानीय जुटेका हुन् ।

उनीहरूले आगो नियन्त्रणमा लिए पनि दिउँसो फेरि सुरु भएको थियो । सालका रूख भएको विष्ट छाप सामुदायिक वनमा बिहीबारदेखि आगो सुरु भएको स्थानीयले जानकारी दिए ।

याे पनि पढनुहाेसः

काठमाडौं, लाजिम्पाटस्थित इनोभा अस्पतालको पार्किङमा एक व्यवसायीमाथि भएको रड आक्रमणको घटनामा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । रड आक्रमणमा संलग्न रही फरार भएका दीपक बरामु र अजय लामालाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराईले बताए ।

प्रहरी स्रोतका अनुसार उनीहरुलाई भारतबाट पक्राउ गरी ल्याइएको हो । नुवाकोटको ककनी गाउँपालिका–६ का ३५ वर्षीय घरजग्गा व्यवसायी विक्रम लामामाथि ११ कात्तिकमा आक्रमण भएको थियो । उनीमाथि रड आक्रमण भएको घटनामा प्रहरीले संगठित अपराध र ज्यान मार्ने उद्योगको कसुरमा मुद्दा चलाएको थियो ।

जसमध्ये निश्चल सुनार र मार्शल भनिने शैलेन्द्र तामाङ पुर्पक्षका लागि कारागार चलान भएका थिए । पक्राउ परेका अर्का प्रतिवादी पदम राई ५० हजार धरौटीमा रिहा भएका थिए । अर्का दुई प्रतिवादी लक्ष्मी राई र रमेश सिलवाल भने अझै फरार छन् । टीका भण्डारी र सिजन अधिकारीविरुद्ध भने जिल्ला सरकारी वकिलको कार्यालयले मुद्दा नचल्ने निर्णय गरेको थियो ।

प्रकाशित : ११ माघ २०८१, शुक्रबार ००:००