सोलुखुम्बु – नेकपा माओबादी केन्द्रका जिल्ला संयोजक असिम राई पुन: थुलुङदुधकोशी गाउँपालिकाको अध्यक्षमा जनअनुमोदनको लागि चुनावी मैदानमा होमिएका छन् । प्रदेश या संघिय सांसदको उम्मेदवार बन्ने लक्ष्य बनाएका उनले यो पटक पालिका क्षेत्रका मतदाताको तिब्र दबाब र मागकै कारण अध्यक्षमा दोहोर्याउनका लागि चुनावी मैदानमा उत्रिएको बताएका छन् ।
संघियता कार्यान्वयनको अभ्यास स्वरुप पहिलो पटक गठन भएको स्थानीय तहको नेतृत्व गर्दा उल्लेखनीय काम भएको छ’ अध्यक्षका उम्मेदवार राईले भने, ‘गाउँपालिकाको विकासमा कायापलट गर्न उल्लेखनीय कामहरु भएका छन्, केही कामहरु अधुरा छन्, अब यसलाई पूरा गर्ने अभिभारा म सँगै छ ।’ पालिकाको भौतिक पुर्वाधार विकास र मानवीय संसाधनको विकासलाई सँगसँगै अगाडी बढाएका राईले यो पटक पनि नेतृत्व हात पार्ने रणनितिका साथ चुनावी कार्यक्रमलाई तिब्रता दिएका छन् ।
म जनताको मन जितेर पहिला नेतृत्वमा पुगेको हो, अब पनि मेरो लागि जनता जनार्दन हुनुहुन्छ’ उनले भने ‘नमुना गाउँपालिका निर्माणको बाँकी कामका लागि मलाई एक पटक नेतृत्व सुम्पनुस, म अझ सिर उच्चो हुने काम गर्छु ।’ जनताको सपना नै आफ्नो दृढ संकल्प रहेको बताउने राईले पालिकाले अगाडी सारेका गौरबका आयोजनाहरुको पूर्णता र जनसेवालाई दोश्रो कार्यकालको लागि एजेण्डाको रुपमा अगाडी सारेका छन् ।
आफ्नो ५ बर्षे कार्यकालमा पालिकाको केन्द्र निर्धारण गरि निशुल्क रुपमा जग्गा जुटाई पक्कि सम्रचना निर्माण गरि काम अगाडी बढाएका राईको कार्यकालमा प्राविधिक शिक्षालयको स्थापना, दुधकोशी सामुदायीक अस्पतालको निर्माण, खेल मैदानको निर्माण, टोल टोलमा सडक, विद्युत र पानी ब्यवस्थापन गरेको बताउँदै नेता राईले अब भने भौतिक निर्माण सँगै आर्थिक सम्बृद्धि र रोजगारी सृजना हुने कामलाई अगाडी बढाउने बताए ।
‘म हिजो पार्टीको साधारण कार्यकर्ता थिए, आज मलाई पार्टीका कार्यकर्ताले विश्वास गरेर पार्टीको जिल्ला नेतृत्वनै जिम्मा लगाएका छन्, स्वभाविक रुपले मेरो केन्द्रसँगको पहुँच सहज भएकाले पालिकाको विकासको लागि अरबौको लगानी र योजना भित्र्याएर विकासमा कायापलट गर्ने सामथ्र्य छ’ उनले भने, ‘यी नै कामका लागि मलाई अब एक पटक अनोमदन गरिदिनुस्, म तपाईहरुको इमान्दार सेवक हुने छु ।’











प्रतिक्रिया