काठमाडौं । ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ नेपाल (टान) को अध्यक्ष निलहरि बास्तोलाले जिम्मेवार पर्यटनको विकासमा जोड दिने बताएका छन् । टानको अध्यक्षमा निर्वाचित भए सँगै उहाँले पर्यटन व्यवसायी तथा पर्यटन मज्दुरहरुको हितलाई ध्यानमा राख्दै जिम्मेवार पर्यटनमा जोड दिने बताउनु भएको हो ।

“कोभिटले गर्दा दुई बर्षको समय अवधी सुन्य जस्तै भयो । जसले आम पर्यटन व्यवसायी तथा पर्यटन मज्दुरहरु कति बिदेशीनु पर्ने बाध्यता आइलाग्यो भने कतीपय गाउँ केन्द्रीत रहनु परेको छ । सोही विषयलाई मध्येनजर गरी म पर्यटन व्यवसायी, पर्यटन मजदुर र देशको पर्यटन विकासका लागि जिम्मेवार पुर्वक उभिने छु।” उहाँले बताउनु भयो ।
साथै, पर्यटन व्यवसायलाई पुरानै लयमा फर्काउनका लागि सरकारले नीतिगत रुपमा निर्णय गरी भिजा फ्री, राष्ट्रिय सम्पदा सुचिमा समावेश भएको धार्मिक तथा ऐतिहासीक ठाउँ हरुमा प्रवेश शुल्कमा केहीँ प्रतिशत छुट लगायतको विषयमा सरकारको ध्यान जानुपर्ने बताउनु भयो । पर्यटनको माध्यमबाट राज्यले करोडौं राजस्व संकलन गर्ने भए पनि राज्यले पर्यटन व्यवसायी तथा पर्यटन मज्दुरहरुको सवालमा राज्य मौन रहेको उहाँले टीप्पणी गर्नु भयो ।

सोलुखुम्बु नेचासल्यान गाउँपालिकामा जन्मीएका बास्तोला २६ वर्ष देखि पर्यटन क्षेत्रमा क्षेत्रमा निरन्तर लागि परेका छन् । सन २००२ मा टानको साधारण सदस्य बनेका बास्तोलाको एसियन हेरिटेज गुप्रअन्तर्गत ट्रेकिङ, ट्राभल्स, होटेल, कार्गो र हस्तकला निर्यातको क्षेत्रमा ठूलो लगानी रहेको छ । गएको श्रावण ३१ गते सम्पन्न टानको आम निर्वाचनमा अध्यक्ष वास्तोला सहित उनको प्यानल नै विजयी भएको छ ।











प्रतिक्रिया