ताप्लेजुङकाे मुक्कुम्लुङमा चलिरहेको आन्दोलनका क्रममा समाचार संकलन गरिरहेका सञ्चारकर्मीहरुमाथि कुटपिटसँगै अपहरण गरि क्यामेरा समेत खोसिएको छ । उक्त झडपमा महाकुलुङ मिडिया प्रालिका रिपोर्टर रेगन राईको क्यामेरा खोसिएर कुटपिट गरेको छ भने गोल्डेन टिभिका संचालक अनुप योङ्हाङलाई अपहरण गरिएको छ।
निर्माणाधिन केबलकारका ठेकेदार इन्द्र केदेम लगायतको समुहले काफ्लेपाटीमा रिपोर्टिङ गरिरहेका सञ्चारकर्मीहरुमाथि एक्कासी आक्रमण गरि क्यामेरा खोसेका छन् । मुकुम्लुङ क्षेत्रको पहिचान जोगाउन त्यहाँको स्थानीयहरु लागे पनि व्यापारीक समूहले पहिचान खोस्ने प्रयास गरेका छन् ।
पहिचानवादी पक्षसँग सरकारले संवेदनशील भएर वार्ता गरी समस्या समाधान गर्न सुझाव दिदै महाकुलुङ मिडिया प्रालिले एक प्रेस विज्ञप्ती जारी गर्दै केबलकार पक्ष र नो केबलकारबिच झडप हुँदा सञ्चारकर्मीमाथि कुटपिट गरेकोमा छानबिन गरि कडाकारवाहीको माग गरेको छ ।
फागुन ६ देखि ८ गतेसम्म मुक्कुम्लुङ शान्ती पदयात्राको आयोजना गर्दै नो केबलकार पक्ष अहिले ताप्लेजुङ स्थित पबित्र तिर्थस्थल मुक्कुम्लुङ क्षेत्रमा केन्द्रित भएका छन । विभिन्न राजनितीक दलका शिर्ष नेताहरु, बुद्विजिवी,सामाजिक अभियन्ताहरु केबलकारको बिरोध गर्दै पदयात्रामा सामेल भएका छन् ।
राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोको उपस्तिथिमा फुङ्लिङ नगरपालिकाबाट पाथीभरा मुक्कुम्लुङ मन्दिरसम्म केबलकार विरोधी पदयात्रा गरेको छन् । फागुन ९ गते प्रेस विज्ञप्ति जारी गरेर सञ्चारकर्मीहरुमाथि कुटपिट गर्ने व्यक्तिको पहिचान गरी कारबाही गर्न माग गरेको हो ।
सञ्चारकर्मीहरुमाथि सांघातिक आक्रमणमा संलग्न व्यक्तिहरुको पहिचान गरी अविलम्ब कानूनी दायरामा ल्याई कारबाही गर्न र सञ्चारकर्मीहरुकाे सुरक्षाको प्रत्याभूतिका लागि महाकुलुङ मिडिया प्रालिको विज्ञप्ति मार्फत सरकारको गम्भिर ध्यानाकर्षण गराइएको छ ।
समाचार संकलनको लागि फिल्डमा खटिएका प्रालिका रिपोर्टर रेगन राई लगायत अन्य पत्रकारहरूमाथि कुटपिट, दुर्व्यवहार गर्नुका साथै क्यामेरा समेत खोसेर लगेको छ । ठेकेदारका एक हुल समूहले आन्दोलन कार्यक्रममा कैद गरिएका सम्पुर्ण दृश्य, समाचार सामाग्री सहित जफत गरेर लगेको क्यामेरा करिब साढे ९ घण्टापछि क्यामेराको एसटीडी कार्ड पुरै नचल्ने गरि ड्यामेज बनाई एक सुरक्षाकर्मी मार्फत फिर्ता गरेको रिपोर्टर रेगन राईले महाकुलुङ मिडिया प्रालिलाई जानकारी गरेका छन् ।














प्रतिक्रिया