Breaking News Post

द्वन्द्वपीडितहरुलाई न्याय दिने कुरामा दुइमत छैन : देउवा


१३ चैत्र २०८१, बिहिबार ००:००


काठमाडौं, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिलेको सरकार द्वन्द्वपीडितहरुलाई न्याय दिने कुरामा प्रष्ट रहेको बताएका छन् । उनले अहिलेको सरकारले शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्ने र त्यसको लागि अघि बढिसकेको बताए ।

आज (बिहीबार) काठमाडौमा भएको सङ्क्रमणकालीन न्याय सम्बन्धी सम्मेलनलाई सम्बोधन गर्दै देउवाले पीडितहरुले न्याय पाउनेगरि काम गरिने विश्वास दिलाएका हुन् । पूर्व प्रधानमन्त्री देउवाले शान्ति सम्झौतामार्फत द्वन्द्वकालका पीडितलाई न्याय दिने कुरामा दुइमत नरहेको बताए ।

उनले सङ्क्रमणकालीन न्यायका लागि सरकारले दुवै आयोगको पदाधिकारी सिफारिस गर्न समिति समेत गठन गरिसकेको उल्लेख गर्दै उक्त आयोगले छिटै पूर्णता पाउने सुनाए । उनले भने,‘पीडितलाई न्याय दिलाउन यो सरकार प्रस्ट छ । पारदर्शी ढङ्गले सबैको सुझाव र भावना बुझेर न्याय प्रक्रिया अघि बढ्छ । कुनै छलछाम हुनेछैन ।

प्रकाशित : १३ चैत्र २०८१, बिहिबार ००:००