काठमाडौं, तीनकुनेमा भएको राजावादी प्रदर्शनमा पक्राउ परेका ६ जनालाई हाजिर जमानीमा छाडिने भएको छ । ६ जनालाई हाजिरी जमानीमा छाड्न सरकारी वकिल कार्यालयले समेत सहमती दिएको जिल्ला प्रहरी परिसर काठमाडौं स्रोतले बतायो ।
हाजिरी जमानीमा छाड्न लागिएकाहरू भने भाटभटेनी तोडफोड हुँदा भुईंका स्याउ, सुन्तला टिप्नेहरू रहेको प्रहरीले बतायो । एकदमै सामान्य अवस्थाका, भुईंको एकरदुई दाना स्याउ, सुन्तला टिप्नेहरूलाई छाड्न लागिएको हो,परिसर स्रोतले जनाएको छ । छाड्ने प्रक्रियामा रहेको भन्दै प्रहरीले नाम भने खुलाएको छैन ।











प्रतिक्रिया