काठमाडौं, मनोहरा खोला किनारका सुकुमबासी र नगर प्रहरीबीच झडप भएको छ । काठमाडौं महानगरपालिकाको नगर प्रहरीले बस्ती भत्काएपछि आक्रोशमा आएका स्थानीय विरोधमा उत्रिएका थिए ।
त्यहीक्रममा सुकुमबासी र नगरप्रहरीबीच झडप भएको हो । स्थानीयले नगर प्रहरीमाथि ईंटा–ढुंगा प्रहार गरेपछि प्रहरीले लाठीचार्ज गर्दै लखेटेको छ । आज बिहान नेपाल प्रहरी सहित डोजर लिएर पुगेको नगर प्रहरीले सुकुमबासीका टहरामा डोजर लगाएको थियो । वर्षायाममा टहरा भत्काइदिएपछि सुकुमबासीको बिचल्ली भएको छ । टहराहरु भत्काउन काठमाडौं महानगरपालिकाको नगरप्रहरी प्रमुख राजु पाण्डे सहितको टोली पुगेको छ ।











प्रतिक्रिया