सोलुखुम्बु । महाकुलुङ गाउँपालिकाका जेष्ठ नागरिक तथा फरक क्षमता भएका ८७ जनालाई न्यानो कपडा वितरण गरिएको छ । वडा नम्बर ५ का वडा सदस्य सुर्य कुलुङ र परिक्रमा ट्रेक्स एस्पिडिसन गाइड तथा नेदरल्यान्ड निवासी माइकल हङको आर्थिक सहयोगमा आज विहिबार वितरण गरिएको हो ।
वडा अध्यक्ष महल सिं राईको प्रमुख आतिथ्यतामा गुदेल स्वास्थ्य चौकीको प्राङगणमा वितरण गरिएको संचारकर्मी झलक राईले सोलु एफ.एमलाई जानकारी दिनुभयो । उहाँका अनुसार वडा नम्बर ५ भित्रका जेष्ठ नागरिक, फरक क्षमता भएका र एकल महिलाहरुलाई न्यानो ज्याकेट वितरण गरिएको हो। त्यस्तै बाफुदो टोललाई ५० हजार आर्थिक सहयोग समेत गरिएको जनाइएको छ ।
माइकल हङले जेष्ठ नागरिक तथा फरक क्षमता भएका र एकल महिलालाई आगामी दिनहरुमा पनि सहयोग गर्ने प्रतिबद्घता गर्नु भएको छ । उत्त हस्तान्तरण कार्यक्रममा स्वास्थ्य चौकी गुदेलका ईन्चार्ज किर्तिधन राई, वडा नम्बर ५ का वडा सदस्य ङिमा शेर्पा, वडा सदस्य सुर्य कुमार राई, स्वास्थ्य व्यवस्थापन अध्यक्ष तथा वडा अध्यक्ष महल सिं राई, गाउँपालिकाबाट खटिएको ईन्जिनियर छेवाङ शेर्पा , साजन कोइराला, सञ्चारकर्मी लगायत ९० जनाको उपस्थिती रहेको थियो ।











प्रतिक्रिया