Breaking News Post

मुस्ताङको लोमन्थाङ आसपास केन्द्र भएर गयो ५.३ रेक्टरको भूकम्प


२३ भाद्र २०८३, मंगलबार ००:००


२३ भदौ, काठमाडौँ । मुस्ताङको लोमन्थाङ आसपास केन्द्र भएर भूकम्प गएको छ। भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार ५.३ रेक्टर स्केलको भूकम्प गएको हो। बुधबार राति ९ः५३ बजे भूकम्प गएको केन्द्रले जनाएको छ।

युरोपियन–मेडिटेरेनियन सिस्मोलोजिकल सेन्टरका अनुसार भूकम्प बुधबार रातिको भूकम्पको केन्द्र जमिनको सतहबाट करिब ३५ किलोमिटर गहिराइमा रहेको थियो।

भूकम्पको धक्का तिब्बत, नेपालको मुस्ताङसँगै, बागलुङसँगै धौलागिरि रेन्ज तथा देशका विभिन्न क्षेत्रमा भएको थियो। भूकम्पबाट भएको क्षतिको विवरण भने सार्वजनिक भएको छैन।

पछिल्लो समय हिमाली क्षेत्रमा भूकम्पसँगै पहिरो, हिमताल विस्फोट र बाढीजस्ता प्राकृतिक विपद्को जोखिमसमेत बढिरहेको छ।

प्रकाशित : २३ भाद्र २०८३, मंगलबार ००:००