आर्थिक

सुन मूल्यमा अहिलेसम्मकै ऐतिहासिक रेकर्ड


२८ चैत्र २०८१, शुक्रबार ००:००


काठमाडौं, नेपाली बजारमा पछिल्ला तीन कारोबार दिन सुन मूल्यमा उच्च वृद्धि देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार पछिल्ला तीन कारोबार दिन सुन मूल्य ११ हजार ९ सयले बढेको हो।

आज सुन तोलामा ३ हजार ९ सय रुपैयाँले बढेर एक लाख ८५ हजार रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यो अहिलेसम्मकै ऐतिहासिक रेकर्ड हो । आज चाँदीको मूल्य पनि बढेको छ ।

आज चाँदी एक हजार ९ सय ५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। बिहीबार चाँदी एक हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो। बिहीबार मात्रै नेपाली बजारमा सुन तोलामा ५ हजार ७०० रुपैयाँले बढेको थियो। बिहीबार ५ हजार ७०० रुपैयाँले बढेर प्रतितोला सुनको मूल्य १ लाख ८१ हजार १०० रुपैयाँ कायम भएको थियो।

बधुबार २ हजार रुपैयाँले बढेर प्रतितोला सुनको मूल्य १ लाख ७५ हजार ४०० रुपैयाँ कायम भएको थियो । यसअघि चैत्र २१ गते एक तोला सुनको मूल्य १ लाख ८० हजार ३०० पुगेर ऐतिहासिक रेकर्ड बनाएको थियो। त्यसपछि क्रमशस् घट्दै गएको सुन मूल्यमा तीन दिन यता पुनस् वृद्धि भएको हो।

प्रकाशित : २८ चैत्र २०८१, शुक्रबार ००:००