ताजा घटना

१६ दिने शिशुलाई सेफ्टी ट्याङ्कीमा फालेर ह’त्या,गर्भधारण गराउने पुरुष मुस्ताङमा भेटिए


२६ जेष्ठ २०७९, बिहिबार ००:००


दाङमा १६ दिने नवजात शिशुको हत्या गर्ने १५ वर्षीया किशोरीलाई गर्भधारण गराउने पुरुष मुस्ताङमा रहेको खुलेको छ । बुधबार राप्ती गाउँपालिका–३ निवासी १५ बर्षीया दलित समुदायकी अविवाहित एक किशोरीले आफ्नो १६ दिने शिशु (छोरी) लाई सेफ्टी ट्याङ्कीमा फालेर हत्या गरेको घटना बाहिरिएको थियो । त्यसलगत्तै प्रहरी नियन्त्रणमा रहेकी किशोरीले आफुलाई गर्भधारण गराउने पुरुषका बारेमा पोल खोलेकी छन् ।

उनले आफुलाई सोही वडाका स्थानीय युवक २२ वर्षीय विकास घर्तीमगरले गर्भधारण गराएको बताएकी हुन् । घर्तीमगर अहिले रोजगारीका सिलसिलामा मुस्ताङमा रहेको र उनलाई झिकाउने तयारी भैरहेको दाङका प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले जानकारी दिए ।

घरको आर्थिक अवस्था दयनीय रहेको र सुत्केरी अवस्थामा आवश्यक पौष्टिक आहरा नपाएका कारण किशोरीको स्वास्थ्य अवस्था कमजोर भएको छ । किशोरीलाई अहिले प्रहरीको निगरानीमा राप्ती विज्ञान प्रतिष्ठानमा उपचारार्थ राखिएको छ । किशोरीले जेठ ९ गते छोरीलाई जन्म दिएकी थिइन् ।

प्रकाशित : २६ जेष्ठ २०७९, बिहिबार ००:००