Breaking News Post

अधिवेशन सम्पन्न गर्न विधानमा विषय परिमार्जन


२४ मंसिर २०८१, सोमबार ००:००


काठमाडौँ, नेपाली कांग्रेसले भ्रातृ संस्थाहरुको अधिवेशन सम्पन्न गर्नका लागि विधानमा व्यवस्था भएका केही विषय परिमार्जन गरेको छ । पार्टीको सोमबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले विधानलाई परिमार्जन गर्ने प्रस्ताव आएअनुसार पारित गरिएको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए ।

उनका अनुसार भ्रातृ संगठनहरुको अधिवेशन चैतभित्र गर्ने यसअघि नै निर्णय भइसकेको छ । सोहीअनुसार तरुण दल र किसान संघले अधिवेशनको काम अघि बढाइसकेको अवस्थामा आवश्यकताअनुसार विधानलाई परिमार्जन गरिएको उनको भनाइ छ ।

याे पनि पढनुहाेसः
काठमाडौं, सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा पक्राउ परेका गोर्खा मिडियाका पूर्व सञ्चालक छविलाल जोशी र रामबहादुर खनाललाई पोखराबाट पर्सा लगिएको छ । पर्साको सानोपाइला सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा पनि पक्राउ पूर्जी जारी भएकाले उनीहरुलाई पर्सा लगिएको हो ।

उनलाई आइतबार बेलुका पोखराबाट गाडीको बाटो हुँदै आज बिहान पर्सा पुर्‍याइएको प्रहरी स्रोतले बताएकाे छ । आज जिल्ला सरकारी वकिलको कार्यालयमा उनको बयान लिइने छ । त्यसपछि पुनः पोखरा फर्काइने छ ।

रास्वपा सभापति रवि लामिछानेलाई पनि पोखराबाट पर्सा लैजाने तयारी छ । समय भने निश्चित नभइसकेको प्रहरी स्रोतले बतायो । रवि र छवि दुवै सहकारी ठगी प्रकरणमा जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन् ।

प्रकाशित : २४ मंसिर २०८१, सोमबार ००:००