राजनीति

अध्यक्ष प्रचण्ड राष्ट्रपति भेट्न शीतलनिवास पुगे


१० चैत्र २०८१, सोमबार ००:००


काठमाडौं, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति रामचन्द्र पौडेल भेट्न शीतलनिवास पुगेका छन्। उनीहरूबीच समसामयीक राजनीतिक घटनाक्रमका विषयमा छलफल भइरहेको बताइएको छ।

पूर्वराजाको गतिविधि बढेपछि आजै प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र प्रचण्डबीच पनि भेटवार्ता हुने तालिका रहेको छ। शीर्ष नेतासँग बस्नुअघि प्रचण्डले शीतल निवास पुगेर राष्ट्रपतिलाई भेटेका हुन्।

प्रकाशित : १० चैत्र २०८१, सोमबार ००:००