आर्थिक

अनमोल र फिल्म ‘फर्की फर्की’विरुद्ध मुद्दा दायर


९ असार २०८२, सोमबार ००:००


काठमाडौं, आफ्नो फोन नम्बर दुरुपयोग गरेको भन्दै साहित्यकार नरेन्द्रबहादुर श्रेष्ठले अभिनेता अनमोल केसी र उनको फिल्म ‘फर्की फर्की’को टिमविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेका छन्।

उक्त फिल्ममा आफ्नो फोन नम्बर दुरुपयोग गरिएको र यसले आफूलाई मानसिक र शारिरिकरुपमा हानी पुगेको उनले दायर गरेको रिटमा उल्लेख छ । उनले वारेसमार्फत सोमबार मुद्दा दायर गरेका हुन् ।

काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले यसबारे जानकारी दिए । दायर रिटमा श्रेष्ठले आफ्नो मोबाइल नम्बर दुरुपयोग गरिएको र एमएसएम ओटीटी प्लाटफर्मबाट मोबाइल नम्बर हटाउन आग्रह गर्दा पनि नहटाएकाले कार्वाहीको माग गरिएको छ ।

आफूलाई मानसिक तथा शारिरीक रुपमा हानिनोक्सानी भएको भन्दै उनले उचित क्षतिपूर्तिको माग राखेका छन् । रिटमा अभिनेता केसी, निर्देशक सुयोग गुरुङ, चलचित्र जाँच समिति, निर्माता रोहित अधिकारी लगायतलाई विपक्षी बनाइएको छ ।

उनीहरूलाई कानून अनुसार सजायको माग गरिएको छ । यसबारे चलचित्र नियामक निकायलाई पटकपटक पत्र पठाएर जानकारी गराए पनि सुनुवाइ नभएपछि मुद्दा दायर गरिएको पनि रिट निवेदनमा उल्लेख छ ।

प्रकाशित : ९ असार २०८२, सोमबार ००:००