आर्थिक

अर्थमन्त्री पौडेल बजेट बोकेर संसद् भवन प्रवेश


१६ जेष्ठ २०८२, बिहिबार ००:००


काठमाडौं, उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल आर्थिक वर्ष २०८२/८३ को बजेट बोकेर संसद् भवन प्रवेश गरेका छन् । सिंहदरबारस्थित अर्थ मन्त्रालयबाट बजेट लिएर उनी संसद् भवन पुगेका हुन् ।

अब केहीबेरमा बजेट प्रस्तुत हुँदैछ । अल्लोको झोलामा शिलबन्दी गरिएको आर्थिक वर्ष २०८२/८३ को बजेट वक्तव्य आज सार्वजनिक हुन लागेको हो । गत वर्षको बजेट प्रस्तुत गर्न जाँदा तत्कालीन अर्थमन्त्री वर्षमान पुनले गाँजाको झोला प्रयोग गरेका थिए ।

विगतका वर्षहरुमा अर्थमन्त्रीहरूले विदेशी ब्रिफकेसमा बजेट वक्तव्य राखेर ल्याउँथे र संसदमा वाचन गर्थे । यसपालि पनि गठबन्धन सरकारका अर्थमन्त्री पौडेलले अल्लोबाट बनेको नेपाली झोला प्रयोग गरेका छन् ।

प्रकाशित : १६ जेष्ठ २०८२, बिहिबार ००:००