‘आरोप जोकोहीले लगाउन सक्यो भन्दैमा कसैको चरित्रहत्या गर्न पाइँदैन, यो सही भएन्,’ गृहमन्त्री गुरुङले भने ।
आरोप लगाउने प्रवृत्तिको अन्त्य कानुनमा संशोधन गरेर नै गर्ने कि भन्ने लागिरहेको पनि गृहमन्त्री गुरुङको भनाइ थियो । सार्वजनिक लेखा समितिमा भएको घटनालाई लिएर गृहमन्त्रीले भने, ‘यो सही भएन । यसमा गृह मन्त्रालयकै ध्यानाकर्षण भएको छ । हामी यसलाई लिएर खुसी छैनौं ।’
सुरक्षा निकायका प्रमुखहरूले कसरी काम गरिरहेका छन् भन्ने कुराको आफू प्रत्यक्षदर्शी रहेको गृहमन्त्री गुरुङको भनाइ थियो । ‘आफ्ना कर्मचारीहरूले जसरी काम गर्नुभएको छ म प्रत्यक्षदर्शी छु । जसरी आईजीहरूले काम गर्नुभएको छ, म प्रत्यक्षदर्शी छु । उहाँहरू हाम्रो स्प्रिटमा, यो सरकारको स्प्रिटमा काम गर्नका लागि दिनरात खट्नु भएको छ,’ गुरुङले भने ।
‘आरोप जोकोहीले लगाउन सक्यो भन्दैमा कसैको चरित्रहत्या गर्न पाइँदैन, यो सही भएन्,’ गृहमन्त्री गुरुङले भने ।
आरोप लगाउने प्रवृत्तिको अन्त्य कानुनमा संशोधन गरेर नै गर्ने कि भन्ने लागिरहेको पनि गृहमन्त्री गुरुङको भनाइ थियो । सार्वजनिक लेखा समितिमा भएको घटनालाई लिएर गृहमन्त्रीले भने, ‘यो सही भएन । यसमा गृह मन्त्रालयकै ध्यानाकर्षण भएको छ । हामी यसलाई लिएर खुसी छैनौं ।’
आरोपकै भरमा कसैलाई दोषी करार गर्न नहुने गृहमन्त्री गुरुङको भनाइ थियो । ‘आरोप लगाउन जोसुकैले सक्यो तर त्यो पुष्टि नभएसम्म कसैलाई दोषी करार गरेर समितिमा यस्तो गर्नु राम्रो होइन,’ गुरुङले भने ।











प्रतिक्रिया