ड्युटीमा रहेका बेला आफैंमाथि गोली प्रहार गरेका प्रहरी जवानको उपचारको क्रममा मृत्यु भएको छ । सुदूरपश्चिम प्रदेश विपद् व्यवस्थापन गुल्म कञ्चनपुरमा कार्यरत प्रहरी जवान वकिल बिष्टले बुधबार साँझ आफैंमाथि गोली चलाएका थिए ।
कैलालीको धनगढीस्थित निसर्ग अस्पतालमा उपचारको क्रममा उनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक चक्रप्रसाद जोशीले जानकारी दिए । घटनालगत्तै विष्टलाई महाकाली अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो ।
त्यहाँ सामान्य उपचारपछि अस्पतालले धनगढी रेफर गरेको थियो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डिएसपी उमेशराज जोशीका अनुसार बिहीबार साँझ साढे ८ बजेतिर ड्युटीका रहेकै बेला बिष्टले आफूले बोकिरहेको एसएलआर राइफलबाट आफूमाथि गोली प्रहार गरेका थिए । डिएसपी जोशीका अनुसार बिष्ट हातहतियार राखिने स्थानमा ड्युटीमा खटिएका थिए ।











प्रतिक्रिया