ताजा घटना

इँटा उद्योगको खाल्डोमा जमेको पानीमा डुबेर बालकको मृत्यु


२० जेष्ठ २०७८, बिहिबार ००:००


जनकपुरधाम, इँटा उद्योगको चिम्नीका लागि खनिएको खाल्डोमा डुबेर सर्लाहीमा एकजना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा कविलासी नगरपालिका ५ रनिया बस्ने मनोज मण्डलका १० वर्षीय छोरा रजनिश मण्डल रहेको सर्लाही प्रहरीले जनाएको छ ।

नगरपालिकाको वडा नम्बर ७ स्थित लालबाबु रायको इँटा उद्योगको खाल्डोमा जमेको पानीमा नुहाउने क्रममा बालक डुबेको सर्लाही प्रहरीका प्रबक्ता मदन कुँवरले जानकारी दिए । बाख्रा चराउन गएको बखत बालक खाल्डोमा जमेको पानीमा नुहाउन जाँदा डुबेको उनले बताए । घट्ना सम्बन्धमा अन्य अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : २० जेष्ठ २०७८, बिहिबार ००:००