विचित्र संसार

ईपीएस कोरिया शाखामा धर्ना दिन पुगेका युवामाथि प्रहरीले लाठीचार्ज


२२ बैशाख २०८२, सोमबार ००:००


काठमाडौं, ललितपुरको ग्वार्कोस्थित वैदेशिक रोजगार विभाग अन्तर्गत ईपीएस कोरिया शाखामा धर्ना दिन पुगेका युवामाथि प्रहरीले लाठीचार्ज गरेको छ । कोरिया जान पाउनु पर्ने माग राखेर धर्ना दिन ग्वार्को पुगेका युवामाथि प्रहरीले लाठीचार्ज गरेको धर्नामा सहभागी एक युवक बताउँछन् ।

सो क्रममा प्रहरीले पत्रकारहरूमाथि समेत अभद्र व्यवहार गरेका छन् । धर्नामा बसेका युवाको फोटो खिच्न पुगेका पत्रकाहरूलाई समेत फोटो नखिच्न भन्दै नमानेमा नियन्त्रणमा लिने धम्की प्रहरीलेबाट आएको पत्रकारहरू बताउँछन् ।

भाषा परीक्षा पास गरेको १८ महिना बितिसक्दा पनि कोरिया जान नपाएपछि सरकारलाई दबाब दिन तीन दिनदेखि धर्नामा बसेको धर्नमा सहभागी एक युवक निराजन सिंहले जानकारी दिए ।

प्रकाशित : २२ बैशाख २०८२, सोमबार ००:००