गृह पृष्ठ

ईभीको आयात अत्यधिक बढेसँगै चोभारमा विद्युतीय गाडी थुप्रिए


८ जेष्ठ २०८२, बुधबार ००:००


काठमाडौं, चोभारको सुख्खा बन्दरगाह विद्युतीय गाडी (ईभी)ले भरिभराउ देखिएको छ । ईभीको आयात अत्यधिक बढेसँगै चोभारमा विद्युतीय गाडी थुप्रिएका हुन् । फागुन यता रसुवागढी र तातोपानी (सिन्धुपाल्चोक) भन्सार कार्यालयबाट विद्युतीय गाडीको आयात ह्वात्तै बढेको छ।

व्यवसायीहरू भन्सार बढ्ने हल्ला र चीनमा ईभीको मूल्य घटेपछि फाइदा लिन तीव्र रूपमा गाडी भित्र्याइरहेका छन्। कतिपय गाडी भन्सार क्लियर नगरी थुपारिएका छन्। केही गाडी सिधै उपत्यका बाहिर शोरुममा पठाइएको छ।

प्रकाशित : ८ जेष्ठ २०८२, बुधबार ००:००