काठमाडौं, सञ्चार तथा सूचनामन्त्री पृथ्वीसुब्बा गुरुङले उखु किसानका समस्या सम्बोधनमा सरकार जिम्मेवार हुनुपर्ने धारणा राखेका छन्। शनिबार नेपाल आर्थिक पत्रकार संघ नाफिजको १५औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री गुरुङले उक्त कुरा बताएका हुन्।
‘दूध किसानको वर्षैंदेखिको भुक्तानीको समस्या छ। उखु किसानको समस्या छ। उखु किसानका समस्या सम्बोधनमा सरकार जिम्मेवार हुनपर्यो भनेर दसैंअघि सरकारले ६० करोड छुट्यायो। त्यो पर्याप्त थिएन। उखु किसान अहिले पनि समस्यामा छन्। सरकार जिम्मेवार देखिएको छैन,उनले भने। नीति अपडेट हुन नसक्दा समस्या रहेको उनको भनाइ छ।
याे पनि पढनुहाेसः
काठमाडौँ, ऐतिहासिक जाजरकोट दरबारलाई वर्षाबाट थप क्षति हुन नदिन त्रिपालले ढाकिएको छ । अघिल्लो वर्ष कात्तिक १७ गतेको विनाशकारी भूकम्पबाट क्षतिग्रस्त र अत्यन्तै जीर्ण हुन पुगेको ऐतिहासिक जाजरकोट दरबार वर्षाबाट थप क्षति हुन नदिन त्रिपालले ढाकिएको हो ।
विसं १८५२ मा निर्माण गरिएको यो दरबारले तीन पटक भूकम्प सहिसकेको छ । यसअघिका दुई वटा भुईँचालोले दरबारलाई क्षतिग्रस्त बनाएका थिए । दुवै पटक दरबार पुनर्निर्माण गरिएको दरबार यस पटकको भूकम्पले पूर्णरुपमा क्षति पुगेको छ । यस दरबार ऐतिहासिक तथा पुरातात्त्विक हिसाबले निकै महत्त्वपूर्ण छ । यो जाजरकोटको मात्र नभएर पूरै कर्णालीको मुख्य पर्यटकीय गन्तव्य पनि हो ।
जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानले यसलाई बलियो ढङ्गले पुनर्निर्माण गर्नेतर्फ सरकारले ध्यान दिनुपर्ने माग राखेको छ । यसको मौलिकता, ऐतिहासिकता र पुरातात्त्विक महत्त्व सुरक्षित हुने गरी पुरानै स्वरूपमा भूकम्पीय जोखिममुक्त तरिका अपनाएर पुनर्निर्माण गर्नुपर्छ । जाजरकोट दरबारलाई सङ्ग्रहालयको रूपमा विकास गर्ने अभियान जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानले सुरु गरेको छ ।











प्रतिक्रिया