समाचार

उपत्यकाब्यापी बृहद उधौलीपुजा,गालिश्राप बहन्ती तथा येत लाधुङ्सेमी सेवा हुने


१० भाद्र २०७९, शुक्रबार ००:००


भाद्र १०,काठमाडौँ                                     राजेन्द्र केरुङ

बिश्वशान्ती मानव एकता तथा सक्कल प्राणी रक्षार्थ उपत्यकाब्यापी बृहद येत लाधुङसेमी सेवा,साक्मुरा वादेम्मा, उधौली सेवा हुने भएको छ ।

किरात साम्यो माङ्सेवासाबा नेवाला पान्जुम्भोको प्रमुख आयोजनामा आउँदो भाद्र १८ गते शनिबारको दिन गुह्येश्वरी बागमती किनार छेउ पशुपतिमा उक्त कार्यक्रम हुन लागेको हो ।

सेवामा बृहद साक्मुरा वादेम्मा तथा येत नाम्धुङ लाधुङ्सेमी सेवा,१०८ दिप सहित लाख बत्ती प्रज्वलन हुने भएको छ ।

उपत्यका मा रहेका सम्पुर्ण किरात धर्मावलम्बी भक्तजनहरुलाई उक्त सेवाको लागि सपरिवार,छर छिमेक समेत फुलपाती,चरुभेटीका साथ उपस्थितीको लागि आयोजकले अनुरोध गरेको छ।

किरात धार्मिक विधि मुन्धुम अनुसार सक्कल प्राणीजगत को रक्षार्थको लागी बि:संः २०७२ देखि निरन्तर गरिदै आएको सेवा को यो सातौं शृङ्खला हो।

जन्मदेखी मृत्यु सम्म को सम्पुर्ण मुन्धुम बाचन गर्ने माङ्सेवासाबाहरुको संगठन किरात साम्यो माङ्सेवासाबा मुजोत्लुङ पान्जुम्भो माङ्सेबुङ इलाममा बि:सं : २०५५ मा गठन भई बि सःं २०६० देखि उपत्यकामा समिति गठन गरिएको हो।
बिश्वमा बढ्दो महामारी,संकट,दन्द्वात्मक भावना,कुविचार लाई निरुत्साहन गर्दै बिश्वशान्ती एवं मानव एकता र सक्कल चराचर प्राणी जगतको रक्षाको निमित्त बर्षको २ पटक उधौली र उभौली मा अनिवार्य यज्ञ होमादी सेवा पुजा गर्नुपर्ने अङसिमाङ हरुको भनाई छ।
सोही अनुरुप यो कार्यक्रमको आयोजना गर्न लागीएको आयोजक तथा किरात साम्यो माङ्सेवासाबा नेवाला पाजुम्भोका अध्यक्ष हरी थक्लिहाङले बताए।

कार्यक्रम हरु:-

मिति :- २०७९ भदौ १८ गते शनिबार
स्थान :- गुह्येश्वरी (बागमती किनार) काठमाडौँ
समय :- बिहानको ७ बजेदेखी

कार्यक्रम बारे निमन्त्रणा

प्रकाशित : १० भाद्र २०७९, शुक्रबार ००:००