काठमाडौँ, सहकारी ठगी प्रकरण छानबिन गर्न गठन गरिएको संसदीय छानविन विशेष समितिले कांग्रेसका उपसभापति धनराज गुरुङ मुछिएको मितेरी सहकारीको स्थलगत निरीक्षण गरको छ । समितिका सभापति सुर्य थापासहित सबै सदस्यले सहकारीको स्थलगत निरीक्षण गरेर जानकारी लिएका छन् ।
त्यसक्रममा समितिले सहकारीका अध्यक्ष कुम्भराज गुरुङसँग धनराज दम्पती जोडिएको १५ करोड बचत हिनामिना बारे सोधपुछ गरेको थियो । श्रीमतीसँग डिभोर्स भएको भनिए पनि श्रीमतीको नाममा रहेको ऋण धनराज गुरुङ आफैंले पटक पटक आएर तिरेको सहकारीका अध्यक्ष गुरूङले समितिलाई बताएका थिए । एक महिनाअघि मात्रै आएर धनराजले ऋणको पैसा तिरेको बताउदै कुम्भराजले कागजीरूपमा मात्र डिभोर्स भएको बताएका छन् ।
यसअघि समितमै बोलाएर पनि कुम्भराजको बयान लिइएको थियो । त्यसक्रममा उनले तत्कालीन महाप्रबन्धक ज्योति गुरुङले गरेको रकम हिनामिना र त्यसपछि धनराज आफैं सन्चालक समिति बैठकमा बसेर रकम फिर्ता गर्ने सम्झौता गरेको समितिलाई जानकारी गराएका थिए ।
धनराज गुरुङले भने २०७६ सालमै ज्योतिसँग सम्बन्ध बिच्छेद भइसकेको र ज्योतिले गरेको सहकारी बचत हिनामिनासँग आफ्नो सम्बन्ध नरहेको बताउँदै आएका छन् । आफ्नो प्रतिवेदन बुझाउने अन्तिम तयारीमा रहेको समितिले विहिबार कार्यविधिबमोजिम निर्णय गरी ३ वटा सरकारी निकाय र १३ वटा सहकारी संस्थाहरूको स्थलगत निरीक्षण गरेको सभापति थापाले जानकारी दिएका छन् ।
याे पनि पढनुहाेसः
काठमाडौं,प्रमुख प्रतिपक्षी माओवादी केन्द्रले संसदको अवरोध कायमै राख्ने निर्णय गरेको छ । एमाले सचिव योगेश भट्टराईको अभिव्यक्तिले माओवादी जनयुद्ध, शान्ति सम्झौता र संविधानलाई अपमान गरेको माओवादीको निष्कर्ष छ ।
भट्टराईले बोलेकै दिन माओवादीले नियमापत्ति गरेको थियो । सभामुखले छानबिन गर्न निर्देशन दिएपछि माओवादीको विरोध रोकियो । तर बुधबार सभामुखले हिंसा शब्द असंसदीय नभएको निर्णय सुनाएपछि माओवादीले संसद अवरुद्ध गर्यो ।
संसदीय दलको शुक्रबार बसेको बैठकले संसद अवरुद्ध गर्नु सही भएको निष्कर्ष निकालेको छ । प्रमुख सचेतक हितराज पाण्डेले भने, ‘जनयुद्धलाइ अपमानित गरिएको छ, यसमा (संशोधन) नआउँदासम्म अवरोधलाई निरन्तरता दिने निर्णय गरेका छौं ।’
बैठकले उपपसभामुख इन्दिरा राना मगरले भिसा अन्तर्वार्ताका लागि पत्र लेख्नु कमजोरी भएको बताएको छ । तर १८ महिनापछि संवैधानिक परिषद्लाई हेरेर उपसभामुखलाई हटाउन खोजेको माओवादी केन्द्रको निष्कर्ष छ ।










प्रतिक्रिया