मुख्य खवर

एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला


१९ बैशाख २०८२, शुक्रबार ००:००


गैरआवासीय नेपाली संघ (एनआरएनए)को एकता महाधिवेशन गर्ने बाटो खुला भएको छ । सर्वोच्च अदालतमा दायर भएको मुद्दा शुक्रबार समेत हेर्न नमिल्ने भएसँगै शनिबारदेखि एकताको महाधिवेशन गर्ने बाटो खुला भएको हो ।

एनआरएनए एकताको महाधिवेशन पूर्वअध्यक्ष शेष घलेको नेतृत्वमा शनिबारदेखि सोमबारसम्म राजधानीको हायात होटलमा हुँदैछ ।

प्रकाशित : १९ बैशाख २०८२, शुक्रबार ००:००