काठमाडौं,कवि हरि कट्टेलको नवौँ कृति छन्दोबद्ध कविता सङ्ग्रह ‘दीप्तदृष्टि’लोकार्पण गरिएको छ।
विराटनगरमा सोमबार आयोजित बिशेष कार्यक्रममा प्रमुख अतिथि कोशी प्रदेश प्रमुख परशुराम खापुङ,विशिष्ट अतिथिहरू प्राज्ञ एन पि.आचार्य,प्राज्ञ खेम नेपाली,साहित्यकार सरला चापागाईं,बलराम पोखरेल महाकाव्यकार सोमराज अभय तथा प्रा.डा. इतिहासविद् गणेश क्षेत्रीलगायतले लोकार्पण गरेका थिए।

प्रदेश प्रमुख खापुङले पानसमा दीप प्रज्वलन गरेर उद्घाटन गरेको सो कार्यक्रममा लोकार्पित कटेलकृत सो कृतिमाथि प्रा.डा रमेश घिमिरे एवम् प्रा. डा हरिहर भण्डारीले समीक्षा गरेका थिए ।
कृतिकाबारेमा बोल्दै प्रा.डा.घिमिरेले दीप्तदृष्टि पढे पछि आफूले हरि कट्टेललाई शास्त्रीय छन्दलाई कब्जामा लिएको कविका रुपमा देखेको बताए ।
उनले कृतिका बारेमा थप चर्चा गर्दै भने ‘शील्पका दृष्टिले, रसका दृष्टिले,कवित्व र विषयबस्तुका दृष्टिकोणले समेत कृति उदाहरणीय छ,दीप्तदृष्टि कविताहरू हरेक दृष्टिले उत्कृष्ट देखिएको छ।”यो उनको निकै ठूलो छन्द साधनाको उपज हुनुपर्छ र यसले कट्टेललाई छन्दोबद्ध कविताका फाँटमा निकै उचाइमा पुर्याएको छ’-उनले भने।’

अर्का विश्लेषक हरिहर भण्डारीले छन्दोबद्ध कविताका क्षेत्रमा हरि कट्टेललाई र उनको दीप्तदृष्टि सङ्ग्रहलाई खोजेर पढ्नु पर्ने दिन आएको बताए । समारोह संस्थाका अध्यक्ष कृष्ण भण्डारी मार्सेलीको अध्यक्षता भएको थियो । समारोहमा पोखरा,इलाम,झापा, सुनसरी,थनकुटा र मोरङका विशिष्ट साहित्यकारहरूको ब्यापक उपस्थिति थियो।

पोखराका साहित्यकार डा.कालु सुवेदी,डा.देवी पन्थी,वरिष्ठ साहित्यकार बलराम पोखरेल लगायतले विमोचित कृतिको सफलताका लागि शुभकामना दिएका थिए ।
कार्यक्रममा कवि चिरञ्जीवी काफ्ले,वालकवि प्रज्ञा कट्टेल लगायतको साङ्गितिक कविता गायनले कार्यक्रममा थप रौनक थपेको थियो।

नेपाल स्रष्टा समाज काठमाडौंबाट प्रकाशित उक्त कृति नेपाल स्रष्टा समाज कोशी प्रदेशले एक समारोह गरी आज सार्वजनिक गरेको हो ।
पानसमा दीप प्रज्वलन गरेर कोशी प्रदेश प्रमुख परशुराम खापुङद्वारा उद्घाटन भएको उक्त कार्यक्रममा हरि कट्टेलकृत उक्त कृतिको लोकार्पण समारोहका प्रमुख अतिथि कोशी प्रदेश प्रमुख माननीय परशुराम खापुङ, विशिष्ट अतिथिहरू प्राज्ञ एन पि आचार्य ,प्राज्ञ खेम नेपाली ,साहित्यकार सरला चापागाईं ,बलराम पोखरेल महाकाव्यकार सोमराज अभय प्रा.डा इतिहासविद् गणेश क्षेत्री कुशेस्वर राईलगायतले गरेका थिए ।
कृतिमाथि प्रा.डा रमेश घिमिरे एवम प्रा.डा हरिहर भण्डारीले समीक्षा गरेका थिए । कृतिका बारेमा बोल्दै प्रा.डा रमेश घिमिरेले दीप्तदृष्टि पढे पछि आफूले हरि कट्टेललाई शास्त्रीय छन्दलाई कब्जामा लिएको कविका रुपमा देखेको बताए ।
उनले कृतिका बारेमा चर्चा गर्दै भने ‘दीप्तदृषटि शील्पका दृष्टिले, रसका दृष्टिले ,कवित्व र विषयबस्तुका दृष्टिकोणले समेत उदाहरणीय छ;दीप्तदृष्टिका कविताहरूले कट्टेल दीर्घ साधक र सिद्धहस्त कवि हुन् भन्ने पुष्टि गरेको छ। यसले कट्टेल र छन्दोबद्ध कविता परम्परालाई नै पनि निकै उचाइमा पुर्याएको छ ।’
उनले कविताले समय समाज र मानवीय प्रवृतिलाई राम्ररी प्रतिबिम्बित गरको पनि बताए ।अर्का विश्लेषक हरिहर भण्डारी ले छन्दोबद्ध कविताका क्षेत्रमा हरि कट्टेललाई र उनको दीप्तदृष्टि सङ्ग्रहलाई खोजेर पढ्नु पर्ने दिन आएको बताए ।
समारोह संस्थाका अध्यक्ष कृष्ण भन्डारी मार्सेलीको अध्यक्षता भएको थियो । समारोहमा पोखरा इलाम झापा सुनसरी थनकुटा र मोरङका विशिष्ट साहित्यकार हरूको ब्यापक उपस्थिति थियो भने पोखराका साहित्यकार डा. कालु सुवेदी इलामका देवी गौतम साहित्यकार बलराम पोखरेल वरिष्ठ सङ्गीतकार कुशेस्वर राई लगायतले विमोचित कृतिको सफलताको शुभकामना दिएका थिए ।
कार्यक्रममा कवि चिरञ्जीवी काफ्ले, वालकवि प्रज्ञा कट्टेल लगायतको साङ्गितिक कविता गायनले कार्यक्रममा थप रौनक छाएको थियो ।नेपाल स्रष्टा समाज काठमाण्डौँबाट प्रकाशित उक्त कृति स्रष्टा समाज कोशी प्रदेशले संस्थाको स्थापनादिवस पारेर एक समारोह गरी आज सार्वजनिक गरेको हो ।











प्रतिक्रिया