मुख्य खवर

कांग्रेसकी नेतृ शारदा माया तामाङ माओवादीमा प्रवेश, बनिन् उपमेयरको उम्मेदवार


११ बैशाख २०७९, आइतबार ००:००


सोलुखुम्बु – नेपाली कांग्रेसकी नेतृ शारदा माया तामाङ नेकपा माओवादी केन्द्र प्रवेश गरेकी छिन् । २०७४ को निर्वाचनमा सोलुदुधकुण्ड नगरपालिका ४ बाट वडासदस्यमा निर्वाचित उनी कार्यपालिका सदस्य हुँदै नगर प्रवक्ताको भूमिकामा थिइन् ।

बैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनको संघारमा माओवादी प्रवेश गरेकी उनलाई माओवादीले सोलुदुधकुण्ड नरपालिकाको उपमेयरको उम्मेदवार बनाउने भएको छ । मेयरको उम्मेदवारमा ङिमा तेण्डुप शेर्पालाई अघि सारिएको छ । तामाङलाई आज विहान सल्लेरीमा आयोजित एक कार्यक्रममा माओवादी केन्द्रका नेताहरुले स्वागत गरेका छन् ।

निर्वाचनको संघारमा सोलुखुम्बुको राजनीतिमा उथलपुथल देखिएको छ । केही समय अघि माप्य दुधकोशी ६ र ७ का वडाअध्यक्ष दिनेश कुमार राई र सगुजित राई एमाले प्रवेश गरेका थिए । कांग्रेस त्यागेका आङकाजी शेर्पाले एमालेबाट सोलुदुधकुण्ड नगरपालिकाको मेयरको टिकट पाएका छन् ।

शनिबार एमालेका प्रदेश कमिटी सदस्य तथा २०७४ को निर्वाचनमा सोलुदुधकुण्ड नगरपालिकाकी उपमेयर बनेकी कल्पना राईलगायतले पार्टी परित्यागको घोषणा गरेका छन् । स्रोतका अनुसार राईलाई नेपाली कांग्रेस प्रवेश गराउने तयारी गरिएको छ ।

प्रकाशित : ११ बैशाख २०७९, आइतबार ००:००