कार्यक्रममा सुरक्षा स्वस्थ्य सम्बन्धि डा. अनिल तोमोछाले जिम्मेवारी सम्हालेका थिए भने संस्थाका उपाध्यक्ष, रि-क्य॒ भुवानि पिल्मो कुलुङले स्वागत मन्तव्य राखेका थिए। त्यस्तै, कोषाध्यक्ष जेन्द्र ङोपोचो कुलुङले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने गुस्खमको प्रगति प्रतिवेदन सचिव टेक सोम्फोरु कुलुङले प्रस्तुत गरेका थिए।
जेष्ठ नागरिकको तर्फबाट गुस्खमको सल्लाहकार पाण्डू राजित्ती कुलुङले शुभकामना मन्तव्य राख्दै भाङग्रा/अल्लो (खि) सम्बन्धि समेत जानकारी राखेका थिए। त्यसैगरी, सस्थापक अध्यक्ष रि – क्या सुमन चन्द्र थिम्राले सस्थालाई केहि सल्लाह-सुझाव दिनु भएको थियो। कुलु गुस्खम युकेको अग्रज बिर्ख हारिम्बु कुलुङले कुलु गुस्खम उपत्यका समितिले Ambulance खरिद गर्ने योजनाबारे जानकारी राख्नु भएको थियो।
सस्थागत रुपमा कुलु गुस्खम उपत्यका समितिको पुर्व अध्यक्ष घनश्याम रिन्हो कुलुङ साथै कुलु गुस्खमका केन्द्रीय उपाध्यक्ष अजय अलङकार कुलुङबाट कुलु गुस्खम युकेद्वारा आयोजित १०औं वार्षिक भेटघाट कार्यक्रमलाई प्राप्त उहाँहरुको शुभकामनालाई सबैले पढ्न र वाचन गर्न सक्ने गरी VIBER/MESSENGER GROUPमा पोष्ट गरिएको सचीव टेक सोम्फोरु कुलुङले बताउनु भयो। अन्तमा गुस्खमका अध्यक्ष अरुण सोम्फोरु कुलुङले पुर्वबक्ताहरु, अतिथिहरु, खुलु/खुक्सुहरु लगायत कार्यक्रममा उपस्थित सबैलाइ धन्यवाद दिदै आगामी वर्षाहरुमा पनि यो भन्दा बृहत भेला गरी, बेलायतवासी कुलुङहरुबीच दु:ख-सुख साटासाट गर्दै, कुलुङहरुको अस्तित्व र पहिचानको निम्ति भलाकुसारी गर्ने धारणा राख्दै औपचारिक रुपमा कार्यक्रमको समापन गर्नु भएको थियो।
कुलु गुस्खम युकेको वार्षिक भेटघाट कार्यक्रमको संयाेजन तथा कार्यक्रम संचालन विगत ८ वर्षदेखि निरन्तर रुपमा गुस्खमका सचीव टेक सोम्फोरु कुलुङले गर्दै आईराख्नु भएको छ। यसपटक नेपालबाट कुलु गुस्खम युकेलाई सम्बोधन गर्दै आर्थिक प्रस्तावना सहित कुलुङ भवन निर्माण सुन्दर हरैचा मोरोङ, कुलुङ भवन निर्माण संखुवासभा खांदबारी साथै अल्लो र कुलुङ जाति नामक वृत्तचित्र लगायतका ३ वटा पत्र प्राप्त भएको थियो सोहि मध्येबाट छनोट गर्दा विश्वभरि रहेका कुलुङहरुको अस्तित्व र पहिचानसँग जोडिएको साथै भाङग्रा/अल्लोबिना कुलुङहरुको संस्कृति नै लोपहुने भएकोले संस्थाका सचीव टेक सोम्फोरुले राख्नु भएको प्रस्तावमाथि सर्वसम्मत स्विकार गर्दै, उपस्थित सबैले स्व-ईच्छाले रकम संकलन गरी, अल्लो र कुलुङ जाति नामक वृत्तचित्रलाई सबै कुलुङहरुको साझा अपनोत्त्व गर्दै, सहयोग गर्ने निर्णय, कुलु गुस्खम युकेले गरेको थियो।
कार्यक्रमको अन्त-अन्ततिर गुस्खमका सदस्य गीता रिन्हो कुलुङ तथा उपाध्यक्ष रि-क्य भुवानी पिल्मो कुलुङले Raffle Draw गेम खेलाउनु भएको थियो। १०औं वार्षिक भेटघाट कार्यक्रम भएकोले जम्मा १० वटै पुरस्कार साथै एक सान्त्वना गरी ११ वटा पुरस्कार राखिएको थियो, थुप्रै सहभागीमध्ये पबित्रा सोमफोरु कुलुङ प्रथम भई £50 जित्न सफल हुनुभएको थियो।











प्रतिक्रिया