सोलुखुम्बु – नेपाल सरकारले सोलुखुम्बु निवासी कीर्तिमानी आरोही स्व. आङरिता शेर्पाको नाममा हुलाक टिकट प्रकाशित गरेको छ । मंगलबार आयोजित एक कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले आङरिता शेर्पाको सम्झनामा निकालेको हुलाक टिकट सार्वजनिक गर्नुभएको हो ।
फिलाटेलिक तथा हुलाक टिकट व्यवस्थापन कार्यालयले टिकट प्रकाशित गरेको हो । आङरितालाई ‘हिउँचितुवा’ उपनाम दिइएको छ । उहाँ विना अक्सिजन धेरै पटक सगरमाथा आरोहण गरी कीर्तिमान बनाएका आरोही हुनुहुन्छ् । शेर्पाले १० पटकसम्म विना अक्सिजन सगरमाथाको सफल आरोहण गर्नुभएको थियो । खुम्बु क्षेत्रको यीलाजुङ गाउँमा सन् १९४८ मा जन्मिनुभएका शेर्पाको सन् २०२१ मा ७२ वर्षको उमेरमा निधन भएको हो ।











प्रतिक्रिया