काठमाडौँ, कोरियाको भिषा त्यागेर कृषि पेशामा लागेका सोलुखुम्बुका दुर्गाधन राइ यति बेला आफ्नो पेषाले उनी आफै सन्तुष्ट रहेका छन । उनले शङखरापुरको पालुबारीमा राइ केही गरे नेपालमै सुन फल्छ भन्ने उदाहरण बनेका राइले आफ्नै कृषि फाममा यतिबेला अकबरे खाेर्सानी काउली लगाएतका तरकारी फलाएर नगरबासी लगायत अन्य ठाउहरूमा निर्यात गरेका छन ।
अकबरे खुर्सानीले राम्रो आम्दानी दिएपछि किसानको प्रमुख आम्दानीको स्रोत बन्दै गएको छ । अहिलेसम्म अकबरे खुर्सानीबाट राम्रो आम्दानी लिइरहेको र आफूहरूको आम्दानीको मुख्य स्रोत खुर्सानी खेती बनेको राइ बताउछन।
किसानलाई आत्मनिर्भर र व्यावसायिक बनाउने उद्देश्यका साथ १ वर्षअघि सुरु गरिएको अकबरे खुर्सानी खेतीमा अहिले एक चाेटीमा ७५ केजी टिपेकाे उनी बताउछन । अहिले अन्य खेती छाडेर अकबरे खुर्सानी खेती गर्ने किसानको सङ्ख्या बढ्दै गएको छ ।
उनको फाममा लोकल कुखुरा हास लगाएतको पशुपन्छी लगाएका उनको फाममा अन्नबाली समेत लगाएका छन । उनले कोरिया भुमीको दुःख त्यागेर आफ्नै देशमा पसिना बगाए सुन उत्पादन हुन्छ भन्ने कुराको यहा पुष्टि गरेका छन ।
१ बर्षको समयमै यस्तो प्रगति गरेका छन । २०११ मा कारिया गएका उनि फर्केपछि उनले याे फाम सञ्चालनमा गरेका छन । २ राेपनी जग्गामा उनले याे व्यवसाय गर्दै अाएका छन।
https://www.facebook.com/watch/?v=1275184216848912&rdid=ToZa4ONgLPROreyi











प्रतिक्रिया