बिहीबार बेलुका कोशी ब्यारेजबाट एउटा बस सप्तकोशी नदीमा खसेको छ । विराटनगरबाट सप्तरीतर्फ जादै गरेको बस साझ करिब ६:५ मा कोशी ब्यारेजको पुलबाट तल नदीमा खसेको हो ।
बस खसेको जानकारी आएपछि प्रहरी टोली खटिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले जानकारी दिएका छन ।
बस खसेको प्रारम्भिक जानकारी आएको छ, थप विवरण खुलेको छैन,सुनसरी प्रहरीका अनुसार यात्रु बस सप्तकोशी ब्यारेजको ३४ र ३६ नम्बरको ढोकाको बिचबाट झरेको थियो । सबै यात्रुको सकुशल उद्धार गरेर उपचारको लागि अस्पताल पठाएको जानकारी दिए । घटनाको थप विवरण प्राप्त हुन सकेको छैन ।










प्रतिक्रिया