खोटाङमा घरको रेलिङबाट खसेर एक ५ वर्षीयाा बालिकाको ज्यान गएको छ । जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ रत्नपार्कमा खेल्ने क्रममा घरको रेलिङबाट लडेर ५ वर्षीया रोशनी गुरुङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
साकेला गाउँपालिका–१ बाझेच्यानडाँडा घर भई दिक्तेल रत्नपार्कस्थित सिताराम खत्रीको घरमा भाडामा बस्दै आएका रबिन गुरुङको छोरी रोशनी विहिबार साँझ अन्दाजी ५ वजे घरको दोश्रो तलाको रेलिङबाट खसेकी थिईन् ।
रेलिङबाट खस्दा बालिकाको निधार र मुखमा चोट लागेको थियो । लडेर बोल्न नसक्ने अवस्था पुगेकी बालिकालाई तत्कालै रत्नपार्ककै फेमेली केयर अस्पतालमा उपचारमा लगिएको थियो ।
तर, उपचारको क्रममा साँझ अन्दाजी ६ः३५ बजे बालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ । रबिन गुरुङकै छोरी कक्षा–४ मा अध्ययनरत नौ वर्षीया रोमी गुरुङकोे पनि २०७९ साउन १३ गते खेल्ने क्रममा पासो लागेर ज्यान गएको थियो ।











प्रतिक्रिया