गृह पृष्ठ

गगन थापा आजैदेखि संसदीय दलको निर्वाचनको तयारीमा लाग्ने


६ मंसिर २०७९, मंगलबार ००:००


नेपाली कांग्रेसका महामन्त्री तथा काठमाडौं– ४ का नवनिर्वाचित प्रतिनिधिसभा सदस्य गगन थापाले आजैदेखि संसदीय दलको निर्वाचनको तयारीमा लाग्ने बताएका छन् ।

मंगलबार बिहान निर्वाचन मतपरिणाम घोषणा भएगलत्तै थापाले मतदाताले व्यक्त गरेको मनको कुरा पुरा गर्ने बताए ।‘संसदीय दलको निर्वाचनको तयारीमा आजैदेखि लाग्छु ।

मतदाताको मनमा के छ । मनको कुरा पनि व्यक्त गर्नुभएको छ । त्यो पूरा गर्नुपर्छ,’ उनी भन्छन् । उनले अहिले जनताले नेपाललाई हाक्ने नयाँ चालक खोजेको भन्दै त्यो चालक कांग्रेसभित्रै भएको उनको भनाइ छ ।

‘त्यो चालक कांग्रेसभित्रै छन् । यो बहस पार्टीभित्र पनि भइसकेको छ । कांग्रेसले नयाँ नेतृत्व दिन जरुरी छ । देशभरबाटै यो विचार व्यक्त भएको छ,’ उनले थपे ।

प्रकाशित : ६ मंसिर २०७९, मंगलबार ००:००