काठमाडौं, सातदोबाटोस्थित कृषि अनुसन्धान केन्द्र नजिकै भएको चोरीमा प्रहरीकै संलग्नता देखिएको छ । जिल्ला प्रहरी परिसर, ललितपुरले घटनामा संलग्न रहेको आरोपमा प्रहरी जवान डम्मलाल पाध्यायसहित खोटाङको दिक्तेल–११ का प्रकाश भनिने विकास श्रेष्ठ र रामेछापको लिखु तामाकोशी गाउँपालिका–२ का गुन्दास भनिने मनोज भुजेललाई पक्राउ गरेको छ ।
उनीहरुले २९ साउनको दिउँसो साढे १२ बजेतिर विमानस्थलबाट गोदावरीतर्फ जाँदै गरेको ट्याक्सी रोकेर लुटपाट गरेका थिए । त्यसैक्रममा उनीहरुले दुई वटा आईफोन–१५ दुई थान, सामसुङका दुई वटा फोन, एउटा एप्पलको ल्यापटप, गेम बक्स, दुई वटा सिक्री लगायतका सामान लुटपाट गरेकाे पीडितको भनाइ छ ।
घटनामा संलग्न भएको आरोप लागेका एक जना अझै फरार छन् । उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ एसपी काजीकुमार आचार्य । थप अनुसन्धान र मुद्दा दर्ता प्रक्रियाका लागि कार्यालयले उनीहरुलाई प्रहरी वृत्त, सातदोबाटो पठाएको छ ।











प्रतिक्रिया