मुख्य खवर

चिकित्सकहरूसँग वार्ता गर्न प्रधानमन्त्रीले दिए तीन मन्त्रीलाई जिम्मेवारी


२४ असार २०८२, मंगलबार ००:००


काठमाडौँ, आन्दोलनरत चिकित्सकहरूसँग वार्ता गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले तीन मन्त्रीलाई जिम्मेवारी दिएका छन् । प्रधानमन्त्री ओलीले स्वास्थ्यमन्त्री प्रदीप पौडेलसहित उद्योग मन्त्री दामोदर भण्डारी र कानुन मन्त्री अजय चौरसियालाई जिम्मेवारी दिएका छन् ।

आफूहरूलाई आन्दोलनरत चिकित्सकहरूसँग वार्ता गरेर समस्याको समाधान गर्ने कार्यादेश दिएको एक मन्त्रीले जानकारी दिए । ती मन्त्रीका अनुसार आजै चिकित्सकहरूसँग वार्ता गरेर सहमतिको प्रयास हुनेछ ।

जसअनुसार केही बेरअघि चिकित्सकहरूसँग अनौपचारिक छलफल समेत भएको छ। उपभोक्ता अदालतले गरेको फैसलाको विरोधमा चिकित्सकहरू आन्दोलित बनेका हुन् ।

प्रकाशित : २४ असार २०८२, मंगलबार ००:००