ताजा घटना

‘जनताको करबाट मैले पारिश्रमिक लिनु उपयुक्त छैन’ भन्दै सांसद दिइन राजीनामा


३० बैशाख २०८२, मंगलबार ००:००


काठमाडौं, लुम्बिनी प्रदेशकी प्रदेशसभा सांसद गीता गुरुङले आफ्नो पदबाट राजीनामा दिएकी छिन् । सभामुखलाई सम्बोधन गर्दै उनले लेखेको राजीनामा पत्रमा उनले ‘जनताको करबाट मैले पारिश्रमिक लिनु उपयुक्त छैन’ लेखेकी छिन् ।

उनले राजीनामा पत्रमा जनताका आशाका किरणहरु लुप्त भइरहेको आफूलाई आभास भएको उल्लेख गरेकी छिन् । उनले आफूले जनताको पिरमर्का राम्ररी बुझेको उल्लेख गर्दै आजकै मितिदेखि लागू हुनेगरी राजीनामा दिएको उल्लेख गरेकी छिन् । गुरुङ जनमत पार्टीकी समानुपातिक सांसद हुन् । संसद सचिवालयको रेकर्डमा रहेको उनको मोवाइलमा फोन गर्दा स्विच अफ भएको सन्देश सुनिन्छ ।

प्रकाशित : ३० बैशाख २०८२, मंगलबार ००:००