मुख्य खवर

डा.शेखर कोइरालाले सांसदलाई बोलाए बैठक


५ श्रावण २०८२, आइतबार ००:००


काठमाडौं, नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले आफू निकटका सांसदलाई छलफलका लागि डाकेका छन् । दरबारमार्गस्थित होटल याक एण्ड यतिमा सांसदहरूलाई नेता कोइरालाले छलफलका लागि बोलाएका हुन् ।

संस्थापन इतरका एक नेताले बैठकका लागि कोइरालाले बोलाएको पुष्टि गरे । उनका अनुसार हाल छलफल जारी रहेको छ । पछिल्लो समय कोइरालाले पार्टी बाहिरका नेताहरूसँग पनि छलफलको क्रम तीव्र पारेका छन् ।

पूर्वराष्ट्रपति विद्या भण्डारी र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग उनीहरूको निवासमै गएर कोइरालाले भेटेका थिए । कोइराला निकटका नेताहरूका अनुसार उनले अन्य दलका मूल नेतृत्वसँग पनि भेट्दै छन् ।

प्रकाशित : ५ श्रावण २०८२, आइतबार ००:००