ताजा घटना

दार्जिलिङ घर भएका ६२ वर्षीय राजकुमार झुण्डिएको अवस्थामा फेला


१८ श्रावण २०७९, बुधबार ००:००


ललितपुरको पुल्चोकमा मःम पसले मृत फेला परेका छन् । दार्जिलिङ घर भएका ६२ वर्षीय राजकुमार क्षेत्री झुण्डिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी परिसर ललितपुरका डिएसपी अंगुर जिसीले बताए ।

कलेजोको समस्याका कारण एक महिनाअघि उनको पत्नीको मृत्यु भएको थियो । २५ वर्षदेखि पुल्चोकमा एउटै घरमा बस्दै आएका क्षेत्रीले बिहान अबेरसम्म ढोका नखोलेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

भित्रबाट ढोकामा चुकुल लगाएर पंखाको हुकमा सलमा पासो लागेर झुण्डिएको अवस्थामा प्रहरीले उनको शव निकालेको छ । शव पोष्टमार्टमका लागी पाटन अस्पतालमा पठाइएको डिएसपी जिसीले जानकारी दिए ।

प्रकाशित : १८ श्रावण २०७९, बुधबार ००:००