Breaking News Post

देउवाले संसदीय दलको बैठक बोलाए


१९ बैशाख २०८२, शुक्रबार ००:००


काठमाडौं,सत्तारुढ दल नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । सभापति एवम् दलका नेता शेरबहादुर देउवाले शनिबार दिउँसो १ बजे संसद भवन नयाँ बानेश्वरको ल्होत्से हलमा संसदीय दलको बैठक बोलाएका हुन्।

देउवाले भोलिको बैठकमा संसद्मा पेश हुने नीति तथा कार्यक्रम, आगामी बजेट तथा विचाराधिन विधेयक, सरकारको कामकारवाहीलगायतको विषयमा खरो रुपमा प्रस्तुत हुन र हरेक बहसमा सक्रियताका साथ सहभागिता जनाउन निर्देशन दिने बताइएको छ।

प्रकाशित : १९ बैशाख २०८२, शुक्रबार ००:००