मुख्य खवर

दोस्रो राउण्डमा प्रकाशमानले देउवालाई सघाउने


२८ मंसिर २०७८, मंगलबार ००:००


काठमाडौं ,प्रकाशमान सिंहले दोस्रो चरणमा शेरबहादुर देउवालाई सघाउने भएका छन् । पहिलो चरणमा काँग्रेस सभापतिमा कसैको पनि ५० प्रतिशत मत नल्याएपछि दोस्रो चरणको मतदानमा सिंहले देउवालाई सघाउने भएका हुन् ।

देउवासँगको भेटवार्तापछि सिंहले सो कुरा बताएका छन् । आफूहरुले नेतृत्व परिवर्तनको कुरा उठाए पनि पहिलो चरणको निर्वाचनमा अधिकांश प्रतिनिधिको मत देउवालाई नै दोहोर्‍याउनुपर्ने देखिएको उनको भनाइ छ । ‘हामीसँग कुरा गर्दा वहाँले विधान संशोधनको कुरा पार्टीमा भइरहेको कमी कमजोरीलाई समाधान गर्दा सबैसँग सल्लाह गर्छु एकपटक मलाई सहयोग गर्नुहोस् भनेर भन्नुभयो,’ सिंहले भने ।

https://www.facebook.com/watch/?ref=external&v=3047487448836048

प्रकाशित : २८ मंसिर २०७८, मंगलबार ००:००