गृह पृष्ठ

नमत पार्टीका कोषाध्यक्ष यादवलाई ५ लाख धरौटीमा छाड्न आदेश


५ जेष्ठ २०८२, आइतबार ००:००


काठमाडौँ, जिल्ला अदालत ललितपुरले जनमत पार्टीका केन्द्रीय कोषाध्यक्ष सुरेन्द्रनारायण यादवलाई धरौटीमा छाड्न आदेश गरेको छ । न्यायाधीश टेकराज जोशीको इजलासले यादवलाई ५ लाख धरौटीमा छाड्न आदेश गरेको हो ।

यादवलाई ठगी र आपराधिक विश्वासघात गरेको आरोपमा डा.शरदसिंह यादवले जिल्ला प्रहरी परिसर ललितपुरमा जाहेरी दिएका थिए । उक्त जाहेरीका आधारमा वैशाख ७ गते सप्तरीको राजविराजबाट पक्राउ गरी काठमाडौँ ल्याइएको थियो ।

यादवलाई अदालतले धरौटीमा छाड्न आदेश गरेको जनमतका निलम्बित उपाध्यक्ष दीपक साहले जानकारी दिए । कोषाअध्यक्ष यादवसहित उनकी श्रीमती ललिता कुमारी यादवविरुद्ध पनि पक्राउ पुर्जी भएकोमा अदालतले ललिताकुमारीलाई पक्राउ नगर्न आदेश गरेको उनले बताए ।

प्रकाशित : ५ जेष्ठ २०८२, आइतबार ००:००