काठमाडौं, नागढुंगा मन्दिर नजिक पहिरो जादा काठमाडौं भित्रने र बाहिरिने सवारीमा ठप्प भएको छ । नागढुंगा चेकपोस्टबाट करिब ३ सय मिटर तल नागढुंगा मन्दिर नजिक पहिरो गएको हो ।
प्रहरी वृत्त थानकोटका डीएसपी सूर्य सुवेदीले पहिरो गएका कारण अहिले दुई तर्फीबाट अवरुद्ध भएको बताएका छन । पहिरोका कारण पृथ्वीराजमार्ग हुँदै काठमाडौं भित्रने र बाहिरिने सवारी रोकिएका छन् । अहिले बाटो खुलाउने काम भइरहेको उनले बताएका छन । यसअघि पनि यस ठाउँ नजिक पहिरो गएको थियो । फेरि पनि पहिराे जादा यातायात अावत जावतमा अवराेध भएकाे हाे ।










प्रतिक्रिया