नारायणगढ–मुग्लिन सडकमा आज रातिको समयमा गाडी चलाउन रोक लगाइएको छ। बिहीबार रातिदेखि परिरहेको वर्षाका कारण रातिमा पहिरोको जोखिम हुने देखिएकोले आज बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्म जिल्ला सुरक्षा समितिले सवारी सञ्चालनमा रोक लगाएको हो।
यस राजमार्ग भएर गुड्ने सवारी साधनलाई नारायणगढतर्फ आँपटारी र मुग्लिनतर्फ मुग्लिन बजारमा रोकिने छ। शुक्रबार बिहानदेखि परेको बर्षाका करण मुग्लिन काठमाडौं सडक खण्डमा दर्जनभन्दा बढी स्थानमा स–साना पहिरो जादा सडक अवरुद्ध बनेको छ।
याे पनि पढनुहाेसः
पूर्वगृमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने पक्राउ विरोधमा उत्रिएका ७ जना प्रदर्शनकारी पक्राउ परेका छन् । निषेधित क्षेत्र तोडेको आरोपमा उनीहरु पक्राउ परेका हुन् । कात्तिक २ गते पक्राउ परेका लामिछानेलाई तेस्रो पटक म्याद थपका लागि आज अदालत लगिएको छ ।
सोही क्रममा उनका समर्थकसहित कार्यकर्ताले अदालत बाहिर नाराबाजी गर्दै प्रदर्शन गरेका हुन् । निषेधित क्षेत्रभन्दा अगाडि प्रहरी घेरा तोड्न खोजेपछि झडपसमेत भएको छ । प्रहरीले लाठीचार्ज, अश्रुग्यास प्रहार गरेर निषेधित क्षेत्रको घेरा तोड्न दिएको छैन
अहिले पनि रत्नचोकमा रास्वपाका नेताकार्यकर्ताले प्रदर्शन गरिरहेका छन् । रवि लामिछानेसहित ४ जनाको म्याद थपबारे अहिले बहस भइरहेको छ । लामिछाने पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका हुन् ।











प्रतिक्रिया