मुख्य खवर

निर्वाचनका विभिन्न पदका उम्मेदवारहरूको सूची सार्वजनिक


२१ बैशाख २०७९, बुधबार ००:००


निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा विभिन्न पदका उम्मेदवारहरूको सूची सार्वजनिक गरेको छ । आयोगले १ लाख ४५ हजार ९२ जना उम्मेदवारहरूको सूची सार्वजनिक गरेको हो ।
यसअघि विभिन्न प्राविधिक कारणले उम्मेदवारहरूको सूची प्रकाशनमा ढिलाइ भएको आयोगले जनाएको थियो । यो सूचीमा पनि केही थपघट हुन सक्ने आयोगको भनाई छ ।

प्रकाशित : २१ बैशाख २०७९, बुधबार ००:००