काठमाडौँ, सत्तारूढ दल नेकपा एमालेको र्याली सभामा परिणत भएको छ । काठमाडौँका विभिन्न ठाउँबाट निस्किएको र्याली दरबारमार्गमा पुगेर सभामा परिणत भएको हो । नारायणहिटी दरबार संग्रहालय परिसरमा आयोजित सभालाई केहीबेरपछि एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली लगायतका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
पञ्चेबाजासहित सुरु भएको र्यालीमा सहभागीहरूले सरकारको समर्थनमा विभिन्न नाराबाजी गरिरहेका छन्। उनीहरुले नेकपा एमाले जिन्दावाद, अघि बढ ओली सरकार, सहकारी पीडितलाई न्याय दे लगायतका नारा लगाएका छन् ।
एमालेसहित काठमाडौंमा एकैपटक तीन ठाउँबाट प्रदर्शन हुँदा ट्राफिक व्यवस्थापन पनि अस्तव्यस्त बनेको छ। एमाले काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला कमिटीको आयोजनामा सभा आयोजना गरेको हो । जसलाई एमालेले ‘जागरण सभा’ नाम दिएको छ । कार्यक्रमलाई दिउँसो साढे १ बजे एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलगायतका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ ।











प्रतिक्रिया