काठमाडौँ, नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ । पार्टी कार्यालय च्यासलमा बैठक केहीबेर अघिदेखि सुरु भएको हो ।बैठकमा केन्द्रीय कमिटी बैठकका एजेन्डाका बारेमा छलफल हुनेछ ।
केन्द्रीय कमिटी बैठकको मिति नजिकिँदै गर्दा त्यसका एजेन्डा र राष्ट्रिय राजनीतिबारे छलफल गर्न बैठक बोलाइएको सो पार्टीले जनाएको छ । एमालेको केन्द्रीय कमिटी बैठक पुस २१ र २२ गतेका लागि बस्दैछ । पार्टीका तीन नेतामाथि भएको कारबाहीपछि बस्न लागेको बैठकलाई महत्वका साथ हेरिएको छ ।











प्रतिक्रिया