काठमाडौं, यूएईमा जारी आईसीसी यू-१९ महिला टी-२० विश्वकप एसिया छनोटमा नेपालले कुवेतलाई १३१ रनको विजयी लक्ष्य दिएको छ। टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ८ विकेट गुमाउँदै १३० रन बनाएको हो। नेपालका लागि कप्तान पूजा महतोले सर्वाधिक ३४ रन बनाएकी छन् भने साना प्रविनले २५ रन र ज्योत्सिका मरासिनीले २३ रन बनाएकी हुन्।
प्रतियोगितामा नेपालले पहिलो खेलमा थाइल्याण्डलाई ६७ रनले पराजित गरेको थियो। कुवेत भने पहिलो खेलमा आयोजक यूएईसँग पराजित भएको थियो। छनोट प्रतियोगिता नेपाल र कुवेतसँगै आयोजक यूएई र थाइल्याण्ड सहभागी छन्। डबल राउण्ड रोविनका आधारमा खेलाइएको यस प्रतियोगितामा शीर्ष स्थानमा रहने टोली अर्को वर्ष मलेसियामा हुने यू-१९ महिला टी-२० विश्वकपमा छनोट हुनेछ।
याे पनि पढनुहाेसः
काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राज्य अमेरिकाका नव निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बधाई ज्ञापन गरेका छन्। उनले बुधबार सामाजिक सञ्जाल एक्समार्फत अमेरिकाको ४७औं राष्ट्रपतिमा निर्वाचित भएकामा राष्ट्रपति ट्रम्पलाई बधाई दिँदै कार्यकालको पूर्ण सफलताको कामना गरेका छन्।
प्रधानमन्त्री ओलीले अमेरिकी राष्ट्रपति ट्रमको कार्यकालमा नेपाल र अमेरिकाबीचको सम्बन्ध थप प्रगाढ बन्नुका साथै पारस्परिक समृद्धि र सहकार्यमा टेवा पुग्ने आशा व्यक्त गरेका छन्।











प्रतिक्रिया