सामाजिक संजालको माध्यम फेस्बुक मार्फत जोडिएको माइतीघर Nepali Naree Married Group आज भन्दा तीन बर्ष अगाडी २०७७/०४/०८ मा खोलिएको थियो। यस ग्रुपको योजनाकार सबिना पोखरेल (हाल जापान) र उहाकै भदैनी प्रजिता पोखरेल हुनुहुन्छ।
मेची देखि महाकाली देश देखि बिदेशमा रहनु भएका दिदिबहिनीहरुको मनमा गुम्सिएका, इज्जतका डरले दबिएका पिडाहरुलाई सबै माझ पोख्ने र रमाइलो गर्ने चौतारी बनोस भन्ने उदेश्यले एक बाट शुरूवात गरेको ग्रुपमा आज तीन बर्ष भित्र १९ हजार ६०० सदस्यको चौतारी बनिसकेको छ।
मनोरञ्जन मात्र नभइ आज सम्म यस ग्रुपले धेरै जिल्लामा विभिन्न किसमको पिडित,रोगी दिनदुखिहरुलाई तन,मन र धन सबै पक्षले सेवाका कार्य गर्दै आएको छ। गत शनिबार इटहरी-४, सुनसरी अवस्थित निसहाय बालबालिका सेवा आश्रममा करिब ४० जना सदस्यहरुको उपस्थितिमा राष्ट्रिय गान गाएर साथै ग्रुपले सहयोग गरेको केहि बिरामीहरुको उपचारको क्रममा निधन भएको हुँदा उहाँहरुको स्मृतिमा एक मिनेट मौनधारण गरी बालबालिकाहरुसंग केक काटेर भब्यताका साथ ग्रुपको तेस्रो बार्षिक उत्सव सम्पन्न गरियो।
सोही कार्यक्रममा इटहरी,धरान, झुम्का, विराटचोक, विराटनगर लगायत पथरी सनिश्चरेका सदस्यहरुको उपस्थिति थियो भने एकैदि देशको विभिन्न ११ ठाउँमा काठमाडौं, पोखरा, नुवाकोट, हेटौंडा, चितवन, बुटवल, लालबन्दी, उदयपुर, इटहरी, दमक बिराटनगरमा एकसाथ कार्यक्रम गरिएको थियो भने मोरङ्गको पथरीमा हिजो साउन ८ मा धुमधाम साथ मनाइयो।
कार्यक्रममा सुनसरी जिल्लाको फाउन्डर प्रजिता पोखरेल त्यस कार्यक्रम को सभापति,प्रमुख अतिथि समाजसेवी सबैको प्रेरणाको श्रोत सोही आश्रमकी जन्मदाता अहिले ४५ बालबालिकाको अभिभावक गिता गौतम हुनुहुन्थ्यो भने अतिथि नेपाल सरकार गृहमन्त्रालय कारागार कार्यलय सुन्सरी झुम्कामा कार्यरत जमुना पोखरेल, विभिन्न शिपमुलक तालीमको प्रशिक्षकको भुमीका निर्वाह गर्दै महिला दिदिबहिनिलाई आत्मनिर्भर गराउदै आउनुभएकी सुस्मा थापा र स्वास्थ र समृद्धि सम्बन्धि जनचेतना मुलक कार्यक्रम गर्दै आउनुभएकि भगवती पौडेल हुनु हुन्थ्यो ।
उक्त कार्यक्रममा बाल आश्रमलाई केहि खाद्य सामाग्री सहित रु.१७२९५/- सहयोग प्रदान गर्नुको साथै ग्रुपमा धेरै भन्दा धेरै साथीलाइ इन्भाइट गरी माईतीघर परिवारलाई बढाउन मद्दत गर्नु हुने र ग्रुपमा लगातार टप तीन भित्र पर्न सफल जानुका सुबेदी, सुनिता पोखरेल र रितु कटुवाल लाई सम्मान कार्यक्रम पनि गरिएको थियो। ग्रुपमा भएको स्पेशल फन्डको र सोही कार्यक्रममा भएका आर्थिक कारोबारको हिसाबकिताब सोही ग्रुपकी फाउन्डर र सोही कार्यक्रमकि ब्यबस्थापक रमा कुलुङ्ग ले प्रस्तुत गरे संगै कार्यक्रमको अन्त्य गरिएको थियो ।











प्रतिक्रिया