काठमाडौँ, विपक्षी दलहरूको बैठकमा सहभागी भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने संसद् भवन बानेश्वरबाट आफ्नो गाडी नचढी पार्टी उपसभापति डीपी अर्यालको गाडीबाट बाहिरिएका छन् ।
प्रहरीले पक्राउ पुर्जी जारी गर्ने तयारी गरेको चर्चाका बिच लामिछानेले अर्यालको गाडी प्रयोग गरेका हुन् । संसद् भवनबाट बाहिरिएलगत्तै उनी पार्टी कार्यालय वनस्थली पुगेका छन् । पक्राउको चर्चा चलेपछि पार्टी कार्यालयमा नेता कार्यकर्ताको उपस्थिति बाक्लिएको छ ।
याे पनि पढनुहाेसः
महोत्तरीमा जंगली जनावरबाट बालीनाली जोगाउन लगाएको विद्युतीय बारबाट करेन्ट लागेर एक बालिकाको मृत्यु भएको छ । दुई बालिका घाइते भएका छन् । गौशाला नगरपालिका -३ पचानटोलका विनोद महतोले लगाएको बारमा करेन्ट प्रवाह भएको नांगो तारमा करेन्ट लागेर स्थानीय १४ वर्षीया करिना महतोको मृत्यु भएको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी सन्तुलाल जयसवारले जानकारी दिए ।
करिनालाई करेन्ट लागेपछि बचाउन गएका १८ वर्षीया राधाकुमारी महतो र १४ वर्षीया विभाकुमारी महतो घाइते भएको स्थानीयले बताएका छन् । उनीहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।बिहान साढे ७ बजेतिर उनीहरु काम गर्न खेततिर पुगेको बेला बारमा छाडिएको नांगो तारमा करेन्ट लागेको थियो । करिनाको घटनास्थलमै मृत्यु भएको हो । घटना विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।











प्रतिक्रिया